*** प्रेम दिवस विशेष गजलहरु *** - Palpali Milan

Recent

14 February 2013

*** प्रेम दिवस विशेष गजलहरु ***

*** माया दिउला नि ***

shanti adhikari

गुलाबको फूल भित्र माया दिउला नि ,
आज गर्ने कबुल भित्र माया दिउला नि ।

मन अनि मुटु भरी तिम्रै नाम लेखी ,
मैले टाङ्ने तुल भित्र माया दिउला नि ।

केही पनि नलुकाई आज तिमीलाई नै ,
करोडौको हुल भित्र माया दिउला नि ।

चोखो तिम्रो माया पाउदा आफै बगिदिने ,
आँशुको यो मुल भित्र माया दिउला नि ।



सारा कुरा बिर्सिएर बाँध अङ्गालोमा ,
पातलो त्यो झुल भित्र माया दिउला नि ।
गजलकार
शान्ति अधिकारी
बाँके
*** ईशाराले नबोलाउ ***

ईशाराले नबोलाउ देख्लान् कसैले।।
prakashmani khanal
समचार जता सुकै लेख्लान् कसैले।।

ल्याएको छु प्रणय को रातो गुलाब।।
आउ लिन पधेरिमा भेट्लान् कसैले।।

हल्ला खल्ला भयो भने आज बाटोमा।।
मेरो मुटु तिमी लाई छेक्लान् कसैले।।

अजम्बरी नाता हाम्रो सयौं जुनीको।।
प्रेम कथा जीवनको मेट्लान् कसैले।।

चिरा चिरा मुटु पारी सारा जिन्दगी।।
चोखो माया प्रेमलाई रेट्लान् कसैले।।
गजलकार
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

Search